निःशुल्क एम्बूलेन्स सेवा दिदै नर्भिक हस्पिटल
काठमाडौं १५ वैशाख । थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाण्डौका गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ । हस्पिटलले निषेधाज्ञाको अवधिमा यो सेवा उपलब्द गराउने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको बताए । अस्पताललाई सो जानकारी आएलगतै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्ने बताईएको छ ।