image
image

थापाथलीमा खुल्यो ‘एकएक पाइला’ सामुदायिक अस्पताल

काठमाडौं ११ वैशाख । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ ।

छ वर्षअघिको भुँइचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता र जाँगर भएका युवा डाक्टरहरूले ‘एकएक पाइला’ अभियानमार्फत गरीब, दुःखी, असहाय बिरामीलाई चाहिएका बेला निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको चनौटेबाट प्रारम्भ गरेको स्वास्थ्य शिविर आज सामुदायिक अस्पताल सञ्चालनको अवस्थामा पुगेको हो ।

विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू सुधांशु केसी, विनिता अधिकारी, सविना भट्टराई, कुञ्जन आचार्य, सपना अमात्य, सृष्टि श्रेष्ठलगायत संलग्न टोलीले डा थापाको अध्यक्षतामा गठन गरेको सामुदायिक स्वास्थ्य केन्द्रअन्तर्गत उक्त अस्पताल सञ्चालन भएको हो ।

हरेक महीना पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भेगका विभिन्न स्थानमा आँखा, नाक, कान, घाँटी, सामान्य चिकित्सा, छाला तथा यौनरोग, स्त्रीरोग, शल्यचिकित्सा, हाडजोर्नी, दन्त चिकित्सा,‘प्याथोलोजी’ सेवा प्रदान गर्ने लक्ष्यका साथ काम भइरहेको डा थापा बताउछन् । उनका अनुसार यसअघि पनि एकएक पाइला प्रतिष्ठानमार्फत एक वर्षमा १२ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए । मुगु, हुम्ला, जुम्ला, डोल्पा र जाजरकोटका जनसाधारण शिविरबाट लाभान्वित भएका थिए ।

विभिन्न समयमा सहयोगार्थ आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम उदारमना राट्रिय एवं अन्तरराष्ट्रिय दाता, प्रतिष्ठान र केन्द्रमा आबद्ध चिकित्सक तथा समाजसेवीको आर्थिक सहयोगमा अस्पताल सञ्चालन गरिएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।