image
image

खेल मैदान सहित हरित पार्क बनाउँदै एनसेल

काठमाडौँ १० वैशाख । एनसेलले काठमाडौँको लैनचौर स्थित मैदान सहित हरित पार्क निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्यका अघि बदाईएको उक्त उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान बनाईने भएको छ ।

त्यस्तै यो उद्यानमा परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तिको व्यवस्था समेत बन्ने भएको छ । यसका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।

 विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग गरी हालसम्म १ अर्ब २७ करोड रुपैयाँभन्दा बढिको योगदान पुर्याईसकेको एनसेलले वातावरण क्षेत्र अन्तर्गत, एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि योगदान पुर्याउदै आएको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।