image
image

 फोन आयातमा वृद्धि , एक महिनामा ३ अर्ब ३३ करोड भन्दा बढीको आयात 

काठमाडौँ ११ वैशाख । नेपालमा गत फागुन महिनाको तुलनामा चैत महिनामा फोन आयात बढेको तथ्यांकले देखाएको छ । विश्व बजारमा चिप्स अभावले फोन उत्पादन नै घटेकाले घटेको फोन आयात चैत महिनामा बढेको छ । भन्सार विभागको तुलनामा  फागुनको तुलनामा चैतमा १ लाख ८१ हजार ५ सय ६१ थान फोन भित्रिएको छ ।

यस्तै फागुनमा दुई अर्ब २३ करोड ७३ लाख २५ हजार रुपैयाँबराबरका स्मार्टफोन आयात भएकोमा चैतमा ३ अर्ब ३३ करोड ६३ लाख ४३ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै चैतमा सरकारले फोन आयातबाट ५२ करोड ८० लाख ६४ हजार रुपैयाँ भन्सार संकलन गरेको छ।

उत्पादक कम्पनीहरुले पछिल्लो समय बजारमा बढी फोन पठाइरहेकाले नेपालमा पनि आयात बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एवम् आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए। चालु आवको चैतसम्म २९ अर्ब ६४ करोड १८ लाख ३८ हजार रुपैयाँबराबरको ५७ लाख ९९ हजार आठ सय ९१ थान फोन आयात भएको छ। जसबाट सरकारले चैतसम्म चार अर्ब ६९ करोड १३ लाख ८५ हजार रुपैयाँ भन्सार उठाएको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।