image

सिन्धुपाल्चोकमा ९२ लाख लागतमा औद्योगिक ग्राम बन्ने 

काठमाडौँ ०७ वैशाख । सिन्धुपाल्चोकको चौतरा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा औद्योगिक ग्राम बन्ने भएको छ । ४० रोपनी क्षेत्रफल समेट्ने उक्त औद्योगिक ग्राम निर्माणका लागि नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच सम्झौता भइसकेको छ । सम्झौता अनुसार औद्योगिक ग्रामका लागि मन्त्रालयले ९२ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

नगर प्रमुख तामाङका अनुसार उक्त ग्राम निर्माणका लागि एक साताभित्र पूर्वाधार निर्माण गर्न बोलपत्र आह्वान गरिनेछ । निर्माणाधीन औद्योगिक ग्राममा कृषि उत्पादन प्रशोधन उद्योग, डेरी उद्योग, जडीवुटी प्रशोधन उद्योग, काठ तथा बाँसबाट बन्ने उत्पादनमुलक उद्योग, खानी तथा खनिजमा आधारित उद्योग सञ्चालन गर्न सकिने बताइएको छ । 

त्यस्तै औद्योगिक ग्राममा पानी प्रशोधन उद्योग, विभिन्न प्रकारका मेसिन तथा मेसिनरी उद्योग, प्राविधिक, सीपमूलक कार्यमा आधारित सामग्री उद्योग, सफ्टवेयर सामग्री उत्पादन, स्थानीयहरूको मागमा आधारित अन्य उद्योग पनि रहने बताएका छन्  ।
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।