अब फेसबुकका पोस्ट र नोट गुगल डक्समा ट्रान्सफर गर्न सकिने
काठमाडौँ ०७ वैशाख । अब फेसबुकका पोस्ट र नोट गुगल डक्समा ट्रान्सफर गर्न सकिने भएको छ। फेसबुकले डेटा प्रोट्याबिलिटी अन्तर्गत प्रयोगकर्ताले सहज रुपमा आफ्नो डेटालाई व्यवस्थित गर्न सो सुविधा उपलब्ध गराएको हो ।
डेटा प्रोट्याबिलिटी सुविधा अनुसार फेसबुकमा गरिएका पोष्ट तथा नोटलाई सोझै गुगल डक्स, वर्डप्रेस, ब्लगरमा ट्रान्सफर गर्न सकिनेछ । ‘हाम्रो पाटनर सर्भिससँग डेटा ट्रान्सफर गरी आफ्नो डेटालाई सुरक्षित गर्न सकुन् भन्ने उद्देश्यले यो नयाँ सुविधा उपलब्ध गराइएको हो,’ फेसबुकका प्राइभेसी तथा पब्लिक पोलिसीका प्रमुख स्टिभ स्याटरफिल्डले यो टुल निमार्ण गर्दा प्रयोगकर्ताको प्राइभेसी र सुरक्षालाई ध्यानमा राखी तयार पारिएको बताए ।