दूरसञ्चार पूर्वाधार निर्माणमा चार कम्पनीलाई अनुमति दिईने
काठमाडौँ ०४ वैशाख । सरकारले दूरसञ्चार पूर्वधार निर्माणका लागि चार कम्पनीलाई अनुमति दिने भएको छ । यसका लागि प्राधिकरण सञ्चालक समितिले साना, ठूला गरि ४ कम्पनिको नियमावली तयार परेको छ ।
त्यस्तै गत साता पारित गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको नियमावलीको मस्यौदामा साना, ठूला र ब्याकबोन पूर्वाधारका लागि छुट्टाछुट्टै अनुमतिपत्र प्रदान गर्ने उल्लेख गरिएको छ । जसमा ठूला पूर्वाधार कम्पनीअन्तर्गत दूरसञ्चार टावर निमार्ण र ब्याकबोन अप्टिकल फाइबरअन्तरगत कम्तीमा ४८ कोरका अप्टिकल फाइबर नेटवर्कलाई समेटिएको छ । भने, साना पूर्वाधारअन्तर्गत ग्राहकको घरसम्म पुग्ने अप्टिकल फाइबर नेटवर्कलाई समावेश गरिएको छ ।
समावेश गरिएको ठूला पूर्वाधारमा दुई वटा र साना पूर्वाधारमा दुई वटासम्म र ब्याकबोन अप्टिकल फाइबर नेटवर्कका लागि एउटा कम्पनीलाई अनुमति प्रदान गर्न सक्ने जनाइएको छ ।