अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल एक महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने
काठमाडौँ ०२ वैशाख । बिहिबार अनलाइन लर्निङ प्लेटफर्म मेरो स्कुल सार्वजनिक भएको छ । कोरोना महामारीका कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन, कोचिङ पठाउन तथा जान नचाहने अभिभावक र विद्यार्थीहरुलाई लक्षित गर्दै मेरो स्कुल सार्वजनिक गरिएको हो ।
एस्ट्रीक टेक्नोलोजीद्वारा संचालनमा आएको उक्त प्लेटफर्म एक महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताईएको छ । त्यसतै यसमा नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाइन्छ । यसका साथै मेरो स्कुलमा पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सकिन्छ ।
‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको मेरो स्कुलले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ । शैक्षिक पाठ्यक्रमका अलावा मेरो स्कुलमा डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि राखिएको छ ।