पहिलो पटक रेकर्ड त्योड्यो बोइलर कुखुराको मासुले, नाघ्यो किलोको ४ सय रुपैयाँ
काठमाडौँ। पछिल्लो समय कुखुराको मासुको मूल्य अचाक्ली रुपमा बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।
लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य अहिले ४ सय १३ रूपैयाँ पुगेको छ।
बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले बताएका छन्।
उनका अनुसार विगत २–३ दिन देखि बजारमा कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको हो। यस अघि ३ सय ९८ रूपैयाँ कायम थियो।
पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको उनी बताएका छन् ।
‘कुखुराको मासुको मूल्य अहिलेसम्म यति पुगेका थिएन, यो पहिलो पटक हो,’ उनले भनेका छन्।
बजारमा उत्पादन कम भएका कारण र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट भएको हुँदा मूल्य बढेको हो।