image

दुई वर्ष अगाडि नै विस्थापित बोइङ जहाजका पार्टपुर्जा बिक्रीमा

काठमाडौं। नेपाल वायुसेवा निगमले दुई वर्ष अगाडि नै आफ्ना तीन दशक पुराना दुई जहाज बोइङ ७५७ विस्थापन गरेको थियो । तर यी दुई जहाजका पार्टपुर्जा भने बल्ल बिक्रीमा राखिएको छ । नेपाल एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार जहाज विस्थापन गरिए पनि यी जहाजका पार्टपुर्जा सार्वजनिक भने गरिएको थिएन ।

के का कारण हो थाहा भएन, दुई वर्ष अगाडिदेखि नै यी सामान सार्वजनिक भएका थिएनन्, अहिले हामीले खोजेर टेन्डर आह्वान गरी बिक्रीमा राखेका हौ , ती अधिकारीले भनेका छन् । उनको भनाई अनुसार जहाज नै विस्थापन भएपछि यी पार्टपुर्जा अब निगमलाई काम लाग्दैनन् । निगमले २ अप्रिलमा एउटा इन्जिनसहित विभिन्न पार्ट्सहरु जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा बिक्री गर्ने गरी टेन्डर आह्वान गरेको छ । ती अधिकारीका अनुसार बिक्रीमा राखिएका इन्जिन र पार्ट्सको मूल्य ३५ करोड रुपैयाँ बराबर हुन जान्छ  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।