शनिबारदेखि ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने
काठमाडौँ। आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले बताएका छन्।
डेढ वर्षदेखि बन्द भैरहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँदै नयाँ वर्ष २०७८ को अवसर पारेर शनिबार उद्घाटन गरी सञ्चालनमा ल्याउने भएको छ ।
कर्णालीको वेषभूषा, खानपान,रहनसहन, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी गराएका छन् । एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँको अभाव भइरहेको बेलामा आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यले एकै ठाउँमा मनोरञ्जनात्मक हिसाबले यो पार्क सञ्चालनमा आउन लागेको हो ।
पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, त्यस्तै गरि पार्कमा रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ। यसै गरि बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । त्यस्तै कोरोना सङ्क्रमणलाई ध्यानमा राखी स्वास्थ्य मापदण्डको व्यवस्था, गुणस्तरीय उपकरण राखिएको छ ।