रोलिगं नेक्ससको आईपिएल प्रेडिक्ट एण्ड विन योजना,२५ हजारसम्म जित्न सकिने
काठमाडौँ २६ चैत । नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिगं नेक्ससले नेपालमा खेलकुद र विशेष गरि क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ ।
२५ हजार रुपैयाँसम्म जित्न सकिने उक्त प्रेडिक्ट एण्ड विन योजना शुक्रवारबाट भारतमा शुरु हुनलागेको आइपिएल (इण्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिगं नेक्ससले बताएको छ । आईपिएल सिजनको पहिलो विजेताले १२ हजार रुपैयाँ नगद र गिफ्ट हृयाम्पर पाउने छ भने क्रमशः दोस्रोले ५ हजार तथा तेस्रोले ३ हजार र उपहारहरु पाउनेछन् ।
त्यसैगरी रोलिगं नेक्सस डट कम लगइन गरि अथवा मोवाइल एप डाउनलोड गरि आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिने रोलिगं नेक्ससका एचआर म्यानेजर रंजित थापाले जानकारी दिए । नेपाली खेलप्रेमी युवामाझ क्रिकेटको लोकप्रिययता बढीरहेको देखेर उनीहरुलाई लक्षित गर्दै यस्तो योजना शुरु गरेको थापाले जानकारी दिए । चार वटा सिद्धान्तहरु रोजगारी, उधमशीलता , सशक्तिकरण र संलग्नतामा आधारित रहेर सञ्चालनमा आएको रोलिगं नेक्ससले आफ्नो चौथो सिद्धान्त संलग्नतालाई बढाउन युवाहरुमाझ प्रेडिक्ट एण्ड विन योजना ल्याएको हो ।

एक व्यावसायिक सामाजिक संजालको रुपमा रहेको नेक्ससले आफ्नो मूल उदेश्य रोजगारी सृजना स्वरोजगारी र उधमशिलताको प्रवर्दन बाहेक अन्य यस्तो मनोरन्जनसामग्री पस्कने गरेको छ। गत वर्षको आइपिएल २०२० मा पनि बढी खेलप्रेमीले सहभागिता जनाई सफल भएको थापा बताउछन् ।यसका सुविधाहरु म्याच भन्दा १२ घण्टा अगाडी प्रेडिक्ट गर्न पाइने म्याचको बारेमा साथिभाईसंग मेसेज बाट कुरा गर्न मिल्ने आफ्नो र्याँकिंग हेर्न मिल्ने जस्ता कुरा समेटिएका छन्।
यस प्रतियोगिताको मुल प्रायोजक अर्थारोजगार डट कम रहेको छ भने कामना सेवा बिकास बैंक र गरिन चिल्ली रेस्टुरेन्ट यसका प्रायोजक रहेको छन्। साथै यो योजनामा भाग लिनको लागि( www.rollingnexus.com/sports) मा क्लिक गर्न सक्नुहुनेछ।