image
image
बच्चन परिवारको अफबाहलाई ऐश्वर्या राय बच्चनले लगाइन् पूर्णविराम

बच्चन परिवारको अफबाहलाई ऐश्वर्या राय बच्चनले लगाइन् पूर्णविराम

काठमाडौं । केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए । बिछोडको अफवाहका बीच ऐश्वर्या राई अहिले पति अभिषेक र ससुरा अमिताभ बच्चनसँग देखा परेकी छिन् । बच्चन परिवारसँग एक कार्यक्रममा सहभागी भएको अभिनेत्रीको भिडियो सार्वजनिक भएको छ ।

यसले यसअघि आएका सबै खबरलाई पूर्व मिस वल्ड ऐश्वर्या रायले पूर्णविराम लगाइदिएकी छिन् । ऐश्वर्या राय, अभिषेक बच्चन, अमिताभ बच्चन र अगत्स्य नन्द धिरुबाई इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा सहभागी भएका थिए ।

कार्यक्रममा अभिनेत्री कालो लुकमा देखिएकी थिइन् । ऐश्वर्या कालो सूटको साथ गोल्डेन बोर्डर भएको बनारसी दुपट्टामा निकै सुन्दर देखिएकी छिन् । सार्वजनिक भएको भिडियोमा ऐश्वर्या श्रीमान् अभिषेक बच्चनसँग कुरा गरिरहेको र हाँसिरहेको देख्न सकिन्छ ।

यसै क्रममा उनी आफ्ना ससुरा अमिताभसँग पनि कुरा गरिरहेको देखिएकी छिन् । यसबाहेक कार्यक्रममा आएकी अमिताभ बच्चनकी नातिनी अगत्स्य नन्दाको गाला समातेर उनलाई स्याहार गरिरहेकी थिइन् ।ऐश्वर्याकी प्यारी आराध्याले धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा पनि परफॉर्म गरेकी छिन् । समारोहमा ऐश्वर्याले आराध्याको पर्फमको रेकर्ड गरिरहेकी थिइन् । अब बच्चन परिवारसँग ऐश्वर्यालाई देखेपछि यो जोडीको बीचमा सबै राम्रै चलिरहेको बताउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।