image
image
फिल्म 'एनिमल' शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार

फिल्म 'एनिमल' शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार

 

काठमाडौं । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले देश र विश्वको बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रणबीर कपुरले फिल्ममा आफ्नो दमदार अभिनयका साथ थिएटरमा धुम मचाएका छन् । उनको यसअघि कहिल्यै नदेखेको अवतार हेर्न दर्शकहरु थिएटरमा भिडिरहेका छन् ।

योसँगै ‘एनिमल’ मा पनि नोटको वर्षा भइरहेको छ । फिल्मले रिलिज भएको ३ दिनमै दुई सय करोडको आँकडा पार गरेको थियो । सोमबारको टेष्टमा पनि फिल्म शीर्ष स्थानमा रहेको छ । यहाँ जानौँ ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार कति करोडको व्यापार गरेको छ रु

जसरी ‘एनिमल’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ, त्यो हेर्दा यो फिल्म इतिहास रच्ने दिशामा अघि बढिरहेको छ भन्न सकिन्छ । यो फिल्म रणवीर कपुरका लागि सपनाको फिल्म बनेको छ ।

अभिनेताको करियरको सबैभन्दा ठूलो ओपनर हुनुका साथै यो फिल्मले शाहरुख खानको ‘जवान’ अर्थात् रिलिज भएको तीन दिनमै भारतमा बक्स अफिसमा सबैभन्दा तीव्र गतिमा २०० करोडको आँकडा पार गर्ने कीर्तिमान पनि बनाएको छ । अहिले यो फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

एनिमल’को कमाईको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन ६३।८ करोडको कलेक्सन गरेको थियो । दोस्रो दिन शनिबार फिल्मले ६६।२७ करोड कमाएको छ । तेस्रो दिन अर्थात आइतबार ‘एनिमल’ ले ७१ करोड ४६ लाख रुपैयाँ कमाएको छ । अब फिल्म रिलिजको चौथो दिन सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आइसकेको छ ।

प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार ‘एनिमल’ ले रिलिजको चौथो दिन अर्थात सोमबार ३९।९ करोड भारु कलेक्सन गरेको छ । जससँगै ‘एनिमल’को चार दिनको कुल कमाई २४१।४३ करोड पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।