माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि
ताप्लेजुङ । नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको माग बढ्न थालेको छ । चार/पाँच वर्ष अघिदेखि लगातार ओरालो लागेको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले जिल्लाका विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्य पनि बढेको छ ।
जिल्लाको फक्तालुङ गाउँपालिकाका लेलेप, ओलाङचुङ्गोला, तापेथोक, इखाबु, मिक्वाखोला गाउँपालिकाका पापुङ, नाल्बु, साँवा, सिरीजंघा गाउँपालिकाको याम्फुदिन र सिदिङ्वा गाउँपालिकाका कालीखोला, शुरुम्खिम जस्ता उच्च भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यी सबै क्षेत्रको चिराइतोको मुख्य बजार तिब्बत नै हो । ओलाङचुङ्गोला नाका हुँदै चिराइतो तिब्बती बजारमा विक्री हुने गरेको छ ।
कोरोनाका कारण सो नाका बन्द भएकाले न्यून मूल्यमा पनि चिराइतोको किनबेच हुन सकेको थिएन । भारत हुँदै तेस्रो बजारमा प्रवेश गर्ने भएकाले विगत पाँच वर्षदेखि प्रतिमन ७ हजारदेखि ८ हजारसम्ममा व्यापारीले चिराइतो खरीद गर्ने गरेका थिए । अहिले प्रतिमन १२ हजारदेखि १५ हजारसम्ममा किसानको घरबाटै विक्री हुने गरेको छ ।
लेलेपका स्थानीय व्यापारी नाम्य शेर्पाका अनुसार स्थानीय गाउँका किसानको मुख्य नगदेबालीको रूपमा रहेको चिराइतोको भाउ नहुँदा किसानको जीवनयापनमा पनि धेरै गाह्रो भएको छ । पहिले यसबाट राम्रौ आम्दानी भएपछि पछिल्लो समय मूल्यमा ह्रास आएसँगै धेरैले व्यावसायिक रूपमा खेती गर्न छाडेको उनले बताए ।
फुङ्लिङका व्यापारी तेञ्जिङ शेर्पाले फक्ताङलुङ गाउँपालिका क्षेत्रबाट मात्रै अहिले १०० मनभन्दा बढी चिराइतो संकलन गरेका छन् । भारतीय बजारबाट माग आएकाले आफूले संकलन गरेको उनले बताए । यसपटक चिराइतोको मूल्य पछिल्लो पाँच वर्षकै धेरै भएको उनको भनाइ छ ।
चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने विज्ञहरू बताउँछन् । गत आर्थिक वर्षमा १४ हजार ४२० केजी चिराइतो ताप्लेजुङबाट निकासी भएको वन कार्यालयको तथ्यांक छ । चालू आवमा ११ हजार १०० केजी निकासी भएको बताइएको छ ।