image
image

मेलम्ची अवलोकनमा मन्त्री मणिचन्द्र थापा: फागुन पहिलो साता सुरुङमार्गमा पानी पठाईने 

काठमाडौं। ​​​​खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन्।
मन्त्री थापाले  आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् ।

अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन ।  अवलोकनपछि मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको जानकारी दिए।

उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको पनि उनले बताए।
सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।