ठगी आरोपमा एक विदेशीसहित दुई जना पक्राउ
काठमाडौँ ०७ चैत । मोटोपन घटाउँने औषधिको नाममा ‘ग्रीन कफी’ बेचेर ठगी गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक विदेशीसहित दुई जना नेपाली रहेका छन् ।
काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो ।टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेका आशिष आर्चायले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै भ्रामक प्रचार गराएको प्रहरीले जनाएको छ ।
त्यसैगरी आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।ग्रीन कफी खाएपछि विना औषधि, बिना व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलोसम्म वजन घट्ने भन्दै भ्रम फैल्याउनेहरुको को साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६४४ केजी, तयारी अवस्थाको १०० ग्राम हरियो कफी, २ हजार ८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।