image
image

करोडको लगानीमा ड्रागनफ्रुट खेती, मनग्य आम्दानी गर्दै कृषक

काठमाडौँ, २९, भदौ । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी। बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लागेकी उनलाई यतिबेला भ्याइनभ्याई छ ।

श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर छन् तर उनकै सहयोग र सुझावमा यो पेसामा लागेको उनी बताउँछिन। अधिकारीले दुई वर्षअघि दुई बिघा क्षेत्रफलमा ड्रागनफ्रुट लाउन सुरु गरेकी हुन। ठूलो चुनौती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेकी थिइन्। विसं २०७७ मा प्याराडाइज एग्रोफार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेकी उनले एक वर्षमै बिरुवा बेचेर राम्रै आम्दानी गरेकी छन।

उनले सुरुमा चार हजार ड्रागनफ्रुट बिरुवा भारतको हैदरावादबाट ल्याएर सुरु गरेकी थिइन्। यतिखेर राम्रै उत्पादन दिएको छ। अधिकारीको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागनफ्रुट लटरम्मै फलेको छ।

दुई वर्षअगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिइनन् । अधिकारीले कृषिमा कुनै तालिम नलिएको भन्दै आफैँले गुगल सर्च गरेर खेती सुरु गरेको बताइन्। पानी नजम्ने बलौटे माटो चाहिने रहेछ। वैशाखदेखि सुरु भएर कात्तिकसम्म फल दिने उनले बताइन्।

ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक ५० केजी फल फल्ने अधिकारीको भनाइ छ । स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ। अधिकारीले यो याममा मात्र छ हजार केजी फल र २० हजार बिरुवा बेचेकी छन। बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ।

दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त अधिकारीले एउटा बोटमै पाँच केजीसम्म फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताइन्।

उनले उत्पादन गरेको फल स्थानीय बजारलगायत इलाम, विराटनगर र काठमाडौँसम्म बिक्री हुने गरेको छ।

किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन्। एकपटक लगानी गर्दा कम्तीमा २५÷२६ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ।

ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले विभिन्न जातका माछा, बाख्रापालन, लोकल कुखुरासमेत पालेकी छन्। सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौसी र करेसाबारीमा यो फल रोप्दै आएका छन्। कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।