भीमफेदी, कुलेखानी सडकखण्ड दुई महिनाका लागि बन्द
काठमाडौँ। काठमाडौँ प्रवेश गर्ने भीमफेदी, कुलेखानी सडकखण्ड दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडक खण्ड यही माघ १० गतेदेखि आगामी चैत्र १० गतेसम्मका लागि बन्द हुने भएको हो ।
बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीहरुमा सिमेन्ट कङ्क्रिट ढलान हुने भएकोले सडक बन्द गरिएको जानकारी दिए ।यसका साथै उक्त सडक खण्डमा निर्माण कार्यसँग सम्बन्धित सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरू दुई महिनाका लागि सञ्चालन गर्न रोक लगाईएको समेत उनले बताए।
भीमफेदी–कुलेखानी १६ किलोमिटर सडक खण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । भीमफेदी–कुलेखानी सडक अबरुद्ध भएसँगै हेटौँडाबाट काठमाडौँ जान अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।