११० प्रतिशत जनताको पहुँचमा इन्टरनेट
काठमाडौँ १५ कात्तिक ।नेपालमा ११० प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार भदौसम्ममा नेपालका ११० दशमलव ६८ प्रतिशत जनाताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११-२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्कानुसार भदौ महिनासम्म तीन करोड ३४ लाख ५८ हजार ९०८ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत साउन महिनामा तीन करोड २१ लाख ९६ हजार १८७ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो।
उक्त तथ्याङ्कानुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।भदौसम्म मोबाइल इन्टरनेटको हिस्सा ८२ दशमलव ५५ प्रतिशत छ। एक करोड २६ लाख ४८ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड दुई लाख र एनसेलको २४ लाख ३५ हजार रहेको जनाइएको छ।
फिक्स ब्रोडब्याण्डको हिस्सा २७ दशमलव ४४ प्रतिशत रहेको छ। यसमा एडिएसएलका छ लाख ६१ हजार र एफटिटीएच इन्टरनेट ७६ लाख ३१ हजार बढी रहेका छन्।