मोबाइलको बढ्दो क्रेज: मोबाइलमामात्रै बाहिरियो १७ अर्ब बढी रकम
काठमाडौँ ९ कात्तिक । नेपालमा कोरोना भाईरसको कारण भएको लाकडाउनले प्राबिधिक क्षेत्र फरिकिलो भएको छ । स्कुल कलेज एवम् अन्य काम पनि अनलाइनबाट चलायमान हुँदा इलेक्ट्रोनिक वस्तुको आयात बढेको छ ।अन्य इलेक्ट्रोनिक वस्तुको तुलनामा मोबाइलको बढी आयात भएको पाईएको छ ।
पछिल्लो तीन महिनाको अवधिमा नेपालमा २२ लाखभन्दा बढी मोबाइल सेट आयात भएको छ । भन्सार विभागले निष्कासन गरेको आव ७८/७९ काे तीन महिनाको तथ्यांकमा नेपालमा २२ लाख नौ हजार १ सय ७६ वटा मोबाइल सेट भित्रिएका हुन् । योसँगै १७ अर्ब १७ करोड ७१ लाख १८० रुपैयाँ बाहिरिएको छ ।
गत आर्थिक वर्षको साउनदेखि असोज तीन महिनाको अवधिमा १५ लाख २ हजार १५ मोबाइलसेट आयात हुँदा ११ अर्ब भन्दाबढी रकम बाहिरिएको थियो । यस वर्ष मोबाइल आयात बढ्नुमा कोभिड-१९ को कारण अनलाइनबाटै पठनपाठनका कक्षा सञ्चालन प्रमुख रहेको व्यापारीहरू बताउँछन् ।
त्यस्तै तीन महिनामा एक करोड ९९ लाख ९९ हजार रूपैयाँ बराबरको चार्जर आयात भएको छ । तीन महिनाको अवधिमा दुई लाख ३१ हजार ७ सय २० चार्जर नेपाल भित्रिएको हो ।