फेसबूकले आफ्नो नाम परिवर्तन गर्न सक्ने
काठमाडौँ ३ कात्तिक । सामाजिक सञ्जाल फेसबूकले नाम परिवर्तन गर्न सक्ने खबर द भर्ज पत्रिकाले दिएको छ । यसको याप र सर्भिसमा कुनै परिवर्तन नआउने तर कम्पनीको ब्रान्डनेम चाहिँ बदलिन सक्ने बताइएको छ ।
अहिले फेसबूकले विभिन्न अनैतिक कामहरू गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यस्तो स्थितिमा कम्पनीले नाम बदल्ने सोच बनाएको देखिन्छ । कम्पनीका प्रवक्ताले बजारमा चलेका हल्लामा कुनै प्रतिक्रिया नजनाउने बताएका छन् ।