image
image

५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौँ, २४, असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६।७ रहेको छ । त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु दर १।४ प्रतिशत रहेको नेपालमा ११ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन् ।


पछिल्लो २४ घण्टामा थप ७८ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६४ लाख ५० हजार ६४४ जनाले दुवै मात्रा खोप लगाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।