image
image

रुसमा कोरोनाबाट एकैदिनमा ९ सय बढीको मृत्यु

काठमाडौा, २१, असोज । रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । 

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूको सङ्ख्या कम भएकाले पनि मृतकहरूको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेका थिए । 

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।