नेपाल टेलिकमले ल्यायो ‘फेस्टिबल अफर’
काठमाडौँ १८ असोज । नेपाल टेलिकमले दशैँ तिहार एवम् छठ जस्ता चाडवाडलाई लक्षित गरेर विभिन्न ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । भोलि देखि लागु हुने गरेर टेलिकमले अफर प्रदान गर्ने भएको हो ।
टेलिकमले डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने बताएको छ ।यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत रु २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिनेछ ।
त्यस्तै अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ ।
सो अफर दशैँका लागि आगामी कात्तिक २ गतेसम्म जारी रहने बताईएको छ । साथै तिहार र छठका अवसरमा भने अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने बताईएको छ ।