image
image

 संक्रमितभन्दा दोब्बर बढी निको भए, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ  १७ असोज ।  नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन्। १० हजार ९२० जनामा कोरोना परीक्षण गर्दा  ६७९ जनामा कोरोना पोजेटिभ देखिएको हो। यस्तै पछिल्लो २४ घन्टाभित्र ९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।  

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । 


यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २२२, ललितपुरमा २० र भक्तपुरमा १३ जना थप संक्रमित फेला परेका हुन्।


यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २२९७, ललितपुरमा ८४२ र भक्तपुरमा ७४६ जना छन्।५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरूमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की र रूपन्देही छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।