image
image

भारतमा थप २२ हजार बढीमा संक्रमण पुष्टि 

काठमाडौँ १७ असोज  । भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ ।


सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ सङ्क्रमित थपिए भने १२१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । शनिबार दिनभर २२ हजार ८४२ सङ्क्रमित हुँदा २५ हजार ९३० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन् ।भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ३२ लाख जना कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।