image
image

पछिल्लो  २४ घण्टामा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौा, १३, असोज । बितेको २४ घण्टामा देशभर ११५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । 

हाल निको हुने दर ९६।३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आईसीयूमा रहेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।