image

राष्ट्रिय वाणिज्य बैंकका पीओएस कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकका पीओएस कारोबारमा क्यास ब्याक अफर

काठमाडौँ १२ असोज । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दैं विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।  

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । 

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।   

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।