मोबाइल आयात बढ्यो, दुई महिनामा यती धेरै मोबाइल सेट भित्रियो
काठमाडौँ ८ भदौ । नेपालमा पछिल्लो समय मोबाइल आयात बढेको छ । कोरोना महामारीका कारण नलाइन कक्षा र घरमै बसेर कार्यालयको काम गर्दा मोबाइलको माग बढेको बुजाई छ । चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ)मा १४ लाख ९८ हजार वटा मोबाइल सेट आयात भएको छ। उक्त संख्याको मोबाइल सेट आयात गर्न नेपालबाट १० अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको छ।
गत आर्थिक वर्ष २०७७–०७८ को सोही अवधिको तुलनामा यो ५० प्रतिशतले बढी हो। गत वर्ष भदौसम्ममा ९ लाख ९५ करोड वटा मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
त्यस्तै पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चारका पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।