नेपालमा सार्वजनिक भयो टिभिएस मोटर कम्पनीको एनटर्क १२५ सुपरस्क्वाड संस्करण
काठमाडौँ ३ फागुन । टिभिएस मोटर कम्पनीले आइतबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभिएस एनटर्क १२५ को विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ‚ जुन आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर भएको कम्पनीले जनाएको छ ।
त्यस्तै सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रङ इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध रहेको जनाइएको छ । स्कुटर नेपालमा सार्वजनिक गर्दै कम्पनीको इन्टरनेसनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभिएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीका कारण नयाँ कीर्तिमान कायम गर्ने बताए ।
टिभिएसका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जेएमपिएलका प्रबन्ध निर्देशक साहिल अग्रवालले नेपालमा सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध रहेको बताए । टिभिएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री भएको र रुचाइएको स्कुटर भएको उनको भनाइ थियो ।