image
image
एआईबाट हुने साइबर आक्रमण रोक्न जी–७ देशले संयुक्त अभ्यास गर्ने

एआईबाट हुने साइबर आक्रमण रोक्न जी–७ देशले संयुक्त अभ्यास गर्ने

असोज ३०।कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट हुन सक्ने साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–७ ले संयुक्त अभ्यास गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमाथि बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै जी–७ का अर्थमन्त्रीहरूले यस्तो अभ्यास गर्ने सहमति गरेका हुन्। थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकका क्रममा भएको छलफलपछि जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले यसबारे जानकारी दिएकी हुन्। प्रस्तावित अभ्यासमा एआईको प्रयोगबाट बैंक तथा वित्तीय संस्थामाथि साइबर आक्रमण भएको काल्पनिक परिस्थिति सिर्जना गरी सम्बन्धित निकायले कसरी प्रतिक्रिया दिन्छन् भन्ने परीक्षण गरिनेछ। यसबाट विद्यमान सुरक्षा प्रणाली र आपत्कालीन कार्यविधिको प्रभावकारिता मूल्याङ्कन गरी आवश्यक सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभ्यासमा परिस्थितिअनुसार निजी बैंक तथा वित्तीय संस्थालाई समेत सहभागी गराउन सकिने अधिकारीहरूले बताएका छन्। पछिल्लो समय एआई प्रविधिको विकाससँगै साइबर आक्रमण अझ जटिल र तीव्र हुन सक्ने जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय वित्तीय निकायहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। आईएमएफले समेत एआईको प्रयोगबाट हुने साइबर आक्रमणले वित्तीय संस्थाका महत्त्वपूर्ण सेवामा अवरोध पुर्‍याउन र वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएको छ। जी–७ को यस पहलले सदस्य राष्ट्रबीच साइबर सुरक्षासम्बन्धी समन्वय बढाउने, आक्रमणको समयमा छिटो प्रतिक्रिया दिने र वित्तीय प्रणालीलाई थप सुरक्षित बनाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।