image
image

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नि:शुल्क सिपमुलक तालिम 

काठमाडौँ।  वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि सुरक्षित आप्रवासन परियोजना समितीले नि:शुल्क खाने बस्ने सुबिधा सहित सीपमुलक तालिम दिने भएको छ । समितीले डकर्मी, स्काफोल्डिङ, प्लम्बिङ्ग , सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका काममा नि:शुल्क तालिम दिन लागेको हो ।

यसरी सिप सिकेर विदेश जाँदा भनेको काम सजिलै पाइने,काम गर्दा दुःख नपाइने र ठगीबाट जोगिन सकिन्छ।  सामान्य लेखपढ गर्न जान्ने देखि १० कक्षासम्मको शैक्षिक योग्यता भएका १९ देखि ३५ वर्ष उमेरसमुहका पुरुष र १९ देखि ३० वर्ष उमेर समुहका महिला तालिममा सहभागी हुन सक्ने समितीले जनाएको छ । साथै काठमाडौँ लगायत धनुषा र झापाका विभिन्न स्थानमा तालिम संचालन गरिने भएको छ । केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा रहेकाले समयमै आवेदन भरेर आफ्नो सीट सुरक्षित गर्न समितीले आग्रह गरेको छ।  

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना समितीले नि:शुल्क रुपमा यस्ता तालिम दिदै आएको छ ।

तालिम सम्बन्धी थप जानकारीको लागि ९८४०२४८०३४ मा सम्पर्क गरेर बुझ्न सकिने समितीले जनाएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।