image
image

स्मार्टघडी ल्याउने फेसबुकको तयारी, यस्ता हुनेछन सुविधा

एजेन्सी । फेसबुकले अर्को वर्ष आफ्नै स्मार्टघडी उत्पादन गर्ने तयारी गरिरहेको छ। द भर्जका अनुसार फेसबुकले सुरु गरेको नयाँ हाडवेयर काम अन्तर्गत स्मार्टघडी निर्माण गर्न लागेको हो।

फेसबुकको स्मार्टघडी विशेषगरी एन्ड्रोइड मोबाइललाई लक्षित गरेर बनाइने छ। कम्पनीले आफ्ना उपकरणका लागि आफ्नै अपरेटिङ प्रणाली निर्माणको काम पनि गरिरहेको र पछि त्यही सफ्टवयेर घडीमा राख्न सक्ने द भर्जले बताएको छ।

फेसबुकको स्मार्टघडीमा मेसेजिङ, हेल्थ र फिट्नेस फिचर हुनेछ। साथै यो घडी फेसबुकको भर्चुअल रियालिटी हेडसेट र भिडियो च्याट डिभाइससँग पनि कनेक्ट गर्न सकिन्छ।

हाल फेसबुकले रेब्यान कम्पनीसँगको सहकार्यमा स्मार्ट चस्मा ल्याउने तयारी पनि गरिरहेको छ। योस्मार्ट चस्मा यही वर्ष सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।

आफ्नो प्रोजेक्ट ‘ओकुलस’ र ‘पोर्टल’ अन्तर्गत फेसबुक विभिन्न भर्चुअल रियलिटीमा काम गर्दै छ। कम्पनीले आफ्नो रियलिटी ल्याब डिभिजनमा पनि कयौँ प्रयोगात्मक पहलहरु गरिरहेको द भर्जको भनाइ छ।

कम्पनीले सुरु गरेको यस्तै प्रयोगात्मक कामहरुको आधारमा भविष्यमा कुनै नयाँ स्मार्टघडी आउन सक्ने अनुमान गरिएको हो। फेसबुकले स्मार्टघडी उत्पादन गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।