image

अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट

काठमाडौँ  २८ साउन  । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर पहिलोभन्दा निकै जटिल बन्यो, त्यसबाट कैलालीको टीकापुर पनि अछुतो रहन सकेन ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा कैयौं नागरिकले अक्सिजन नपाएरै ज्यान गुमाउनु प¥यो । अस्पतालमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि अस्पतालका बार्दली पनि भरिए । देशभर अक्सिजनको चरम अभाव भएपछि सरकारले जिल्लास्तरसम्मको अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाए । सो बजेटबाट केही अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपनि केहीमा कहिले जडान हुने भन्ने अझै एकीन हुन सकेको छैन ।

अहिले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्दै जाँदा कतै पहिले जस्तै अक्सिजनको अभावका कारण नागरिकले ज्यान गुमाउनुपर्ने हो कि भन्ने त्रास बढ्दै गएको छ । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर खरिद तथा प्लान्ट जडानका लागि नागरिकस्तरबाट पनि रकम सङ्कलनको काम भयो । सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि रु ७५ लाख अस्पताललाई दियो । पैसा आयो । प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो रु त्यसको कुनै अत्तोपत्तो भने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।