image
image
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको उद्घाटन, नेपाली क्रिकेटलाई दिए शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको उद्घाटन, नेपाली क्रिकेटलाई दिए शुभकामना

कात्तिक १०। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्। सोमबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित समारोहमा प्रधानमन्त्री शाहले अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात गरेका हुन्। कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी तथा अन्य अतिथिहरूको उपस्थिति थियो।

प्रतियोगिताको उद्घाटनअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटलाई शुभकामना दिएका थिए। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै छोटो समयमै यो एउटा ठूलो खेलकुद उत्सवका रूपमा विकास भएको बताएका थिए। उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका थिए। प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्।

एनपीएलको तेस्रो संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिडेका थिए। प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहको सहभागितासँगै सुरु भएको एनपीएलले नेपाली क्रिकेटप्रतिको जनचासो र उत्साहलाई थप बढाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।