image
image

दुवै डोज खोप लगाउनेलाई इन्फेक्सन हुने खतरा ६० प्रतिशत कम

काठमाडौँ २२ साउन ।  कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् । 


तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इन्फेक्सन हुने खतरा छ त ? यसको उत्तर नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । बेलायतमा गरिएको एक अनुसन्धानले दुवै डोज खोप लगाएपछि कोरोना संक्रमण हुने खतरा ६० प्रतिशत कम हुने उल्लेख गरेको छ । 


अर्थात, तीन जनामध्ये एक जनालाई कोरोना खोप लगाएपछि पनि इन्फेक्सन हुने खतरा रहन्छ । त्यसैले, विशेषज्ञहरुले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी, स्यानिटाइजर जस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन् । 


बेलायतको इम्पीरियल कलेज अफ लण्डन र मार्केट रिसर्च फर्म इप्सोस मोरी (Ipsos MORI)  ले संयुक्त रुपमा जुन २४ देखि जुलाई १२ सम्म ९८,२३३ नमुना संकलन गरेका थिए । यसको विश्लेषण गरेर अगस्ट ४ मा अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । यो अध्ययनलाई रियाक्ट नाम दिइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।