image

पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

काठमाडौँ १९ साउन । पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि  जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । 


“यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ ।” उनको भनाइ थियो । 


छ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा   बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ । 


भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको  स्थानीय किसान वीरसिंह महराले बताए । 

“रोग निराकरणका लागि गाई–गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ”, पशु शाखा अधिकृत भट्टले भने, “सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न  आग्रह गरेका छौँ ।” 
रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।