पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार संक्रमित, ४९९ जनाको मृत्यु
काठमाडौँ, ४, साउन । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ४९९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १४ हजार १०८ पुगेको छ ।
त्यस्तै २४ घण्टामा ३८ हजार १६४ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख पुगेको छ भने अहिले भारतमा ४ लाख २१ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ३ लाख ८ हजार संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ४० करोड ६४ लाख ८१ हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४४ करोड ५४ लाख २२ हजार नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १४ लाख ६३ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।