image

चितवनमा दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

चितवनमा दुई जनामा कोरोना भाइरस संक्रमण महामारी (कोभिड–१९) को डेल्टा भेरियन्ट फेला परेको छ । अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा डेल्टा पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका भित्रका पाँच वटा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो ।  

अस्पतालको अनुसार पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोभिड डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरूलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरूले बताएका छन् ।

सबै नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरू र जिल्ला प्रशासन कार्यालय चितवनबाट जारी भएको निषेधाज्ञाका नियमहरू पूर्ण रुपमा पालना गरी सुरक्षति रहनलाई अस्पतालले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।