image

३६ जना कोरोना संक्रमण देखिएपछि माया घर शिल

काठमाडौँ, २७, असार । इटहरीस्थित मायाघरमा आश्रित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले स्वास्थ्य परीक्षण गर्दा मायाघरमा आश्रय लिइरहेका ८५ जनामध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड–१९ होमआइसोलेन सपोर्ट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ संक्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड–१९ का लक्षण देखिएको छ ।

कोरोना संक्रमित देखिएपनि हालसम्म उनीहरुको अवस्था भने सामान्य रहेको छ । उपप्रमुख लक्ष्मी गौतमका अनुसार संक्रमितहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्सलगायत स्वास्थ्य सामाग्री वितरण गरिएको छ । उनका अनुसार सबै संक्रमितलाई इटहरी अस्पतालले स्वास्थ्य निगरानी गरिरहेको छ ।

मायाघरकी सञ्चालक समितिकी सचिव सुभद्रा प्याकुरेलले भनिन्, ‘कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये ३ वर्षीया बालिकादेखि ६० वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भयो । मायाघरलाई नै क्वारेन्टिन बनाएर राखेका छौं । संक्रमित नभएकाहरुलाई छुट्टै कोठामा राखेका छौं ।’

निषेधाज्ञा खुकुलो भएपछि मायाघरमा पनि मानिसको आवतजावत बढेपछि कोरोना संक्रमण भएको हुनसक्ने उनले बताइन् । उनका अनुुसार इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का प्रतिनिधिले मायाघरको निरीक्षण गरेर जनस्वास्थ्य अवस्था मूल्यांकनसमेत गरेका छन् । कोरोना संक्रमणकै कारण मायाघरमा नयाँ व्यक्तिहरुलाई ल्याउन भने केही समय बन्द गरिएको उनले बताइन् ।

मायाघरले विभिन्न कारणले घरबाट निकालिएका, आमाबाबुविहीन, बेवारिसे, मानसिक सन्तुलत ठीक नभएका महिला र बालबालिकाहरुलाई उद्धार गरेर आश्रय दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।