image
image

भारतमा भेटिए जिका भाइरसका १४ बिरामी

काठमाडौँ २५ असार । भारतको केरला राज्यमा जिका भाइरसको १४ जना बिरामी फेला परेका छन् । लामखुट्टेबाट मानिसमा फैलिने  जिका भाइरसको बिरामी फेला परे लगत्तै राज्यका सबै जिल्लालाई सचेत अवस्थामा रहन निर्देशन दिइएको छ ।

जिका भाइरसको प्रकोप भारतमा सबैभन्दा पहिले सन् २०१६÷०१७ मा गुजरात राज्यमा भएको थियो । पुष्टि भएका सबै बिरामी स्वास्थ्य अधिकारी रहेको बताइएको छ । सबैभन्दा सुरुमा २४ वर्षीया एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने लगायतको लक्षण देखिएपछि उहाँलाई जुन २८ मा अस्पताल भर्ना गरिएको थियो । गत् बुधबार उहाँले शिशुलाई जन्म दिनुभएको छ ।

 मनसुन सँगै लामखुट्टेको संख्या पनि बढ्दै गएकाले सतर्कता अपनाउन केरलाकी स्वास्थ्यमन्त्री भिना जर्जले आग्रह गरेकी छिन् ।त्यस्तै केरलाका स्वास्थ्य सचिव डा. राज खोब्रागेडले संक्रमण देखिएका ठाउँहरुमा उच्च निगरानी बढाएको भन्दै मानिसहरुलाई यसप्रति सजग रहन आग्रह गरेका छन् ।
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।