image
image

मलेसियामा गैर कानुनी श्रमिकलाई घर फर्कन दिएको समय थपियो 

काठमाडौँ २२ असार । मलेसियामा गैर कानुनी श्रमिकलाई घर फर्कन दिएको समय थपिएको छ । मलेसियाले गैर कानुनी श्रमिकहरूका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय ३१ डिसेम्बर २०२१ सम्मका लागि थप भएको हो ।


मलेसिया स्थित नेपाली दूतावासका अनुसार यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । थप गरिएको समयमा रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाईने बताईएको छ । 

 
सो कार्यक्रमका बारेमा थप जानकारीका लागि मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिने बताईएको छ ।त्यस्तै दूतावासको  ६०३२०२०१८९८ नम्बरमा फोन गरि पनि अन्य जानकारी लिने सकिने दूतावासले बताएको छ  ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।