image
image

सामसङको ए ३२ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन सुबिधा  

काठमाडौं । सामसङले आफ्नो ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यसअन्तर्गत कम्पनीले मिडियाटेक डाइमेन्सिटी प्रोसेसर भएको ए३२ फाइभजी फोन थाइल्याण्डकाे बजारबाट सार्वजनिक गरेको छ ।

एन्ड्रोइड ११ मा चल्ने यो फोनको मूल्य ९,९९९ थाइ बहट अर्थात् ३८,८०० रुपैयाँ राखिएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ, जसमा १६०० बाई ७२० पिक्सेल स्किृन रिजोलुसन छ ।

अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ७२० प्रोसेसर रहेको फोनमा ८ जीबी र्‍याम उपलब्ध गराइएको छ । त्यस्तै १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ भने माइक्रोएसडीबाट थप स्पेस बढाउन सकिन्छ ।

दुईवटा सिम सपोर्ट गर्ने फोनमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसमा क्वाड क्यामेरा सेटअप छ, जसमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर रहेको छ । त्यस्तै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल, ५ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

यसमा १५ वाट फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री रहेको छ । यो फोन ब्ल्याक, ब्ल्यु, भायोलेट र ह्वाइट कलरमा उपलब्ध छ । नेपाली बजारमा पनि याे फाेन चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।