image

प्रदेश २ सरकारलाई साढे ७३ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ, १९, असार । प्रदेश २ सरकारलाई सेभ द चिल्ड्रेनले ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सामग्रीहरु मुख्यमन्त्री लालबाबु राउतमार्फत प्रादेशिक आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण गरिएका सामग्रीमा आइभी स्ट्याण्डसहितका आइसियु बेड, भाइरल ट्रान्स्पोर्ट मिडियम, सिप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटरलगायत कोभिड–१९ उपचारका लागि अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेका छन्।

सेभ द चिल्ड्रेन पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डा. अजय कान्त झाले विशेष गरी बालबालिकालाई पर्न जाने मानसिक असर र उनीहरूको शिक्षामा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सेभ द चिल्ड्रेन आउँदा दिनहरूमा स्थानीय, प्रादेशिक तथा संघीय सरकारलाई सहयोग जारी राख्ने प्रतिबद्घ समेत जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।