कोरोना बिरुद्ध खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम
काठमाडौँ, १९, असार।एक अध्ययनमा कोरोना भाइरस संक्रमण महामारी बिरुद्ध खोपको एक डोजमात्र लगाउनेलाई कोरोना संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।









