image
image

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जादैँ

काठमाडौं, १८, असार । अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी नेपाल पे्रसलाई दिए । ‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने ।

खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए । बालुवाटारमा शुक्रबार भएको एमाले केन्द्रिय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पनि केही दिनमै खोप आउने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।