डबल डोज खोप नलिएकालाई कुवेतमा प्रवेश निषेध
काठमाडौँ १७ असार । कुवेतमा डबल डोज खोप नलिएकालाई प्रवेश नपाउने भएका छन्। कुवेतको मन्त्रिपरिषद्ले स्वीकृति दिएको फाइजर, अक्सफोर्ड, मोडर्ना र जोन्सन् एन्ड जोन्सन् खोप लगाएकालाई मात्र प्रवेश दिने भएको हो ।
त्यस्तै, स्वीकृत खोपको कुनै एउटा मात्र डोज लगाइ अन्य देशको यात्रामा निस्किएका आप्रवासीले सो खोपको दोस्रो डोज नलगाउँदासम्म कुवेत प्रवेश गर्न पाउने छैनन्। त्यसैगरी, अगस्ट १ भन्दा पहिले कुवेत छोडी अन्यत्र जान चाहने १५ वर्षमुनिका खोप नलिएका आप्रवासी बालबालिकाहरुको लागि यात्रा गर्नुभन्दा पहिल्यै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ।
कुवेत प्रवेश गर्न चाहने १२ वर्षदेखि १५ वर्षका बालबालिका पनि स्वीकृत खोप नलिएको खण्डमा कुवेत प्रवेश गर्न पाउने छैनन्। यद्यपि, बालबालिकाले खोप लगाउनु पर्ने वा नपर्ने भन्ने अध्ययनको विषय भएको बताइएको छ।