image
image

कोभिड संक्रमणबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने

काठमाडौँ १६ असार । सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्थाबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गर्ने भएको छ । देशभरका ७७ जिल्लामा पुगेर १३ हजार नमुना संकलन गर्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


संक्रमणको अवस्थाबारे जानकारीका लागि ‘सेरो प्रिभिलेन्स सर्भे’ सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नमुना संकलनका लागि अबको दुई दिनमा गाउँ–गाउँ सर्भे प्राविधिकहरू पुग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।


डा. पौडेलले यो सर्भेको नतिजाले आगामी दिनमा कोरोनाभाइरस संक्रमणसँग जुध्न गर्ने तयारी र योजनाका लागि सहयोग गर्ने बताए  ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, केन्द्रीय तथ्याङ्क विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र  विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेरो प्रिभिलेन्स सर्भे सुरु गर्न लागिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।