image

नेपालमा खतरनाक कालो ढुसीका २६ विरामी भेटिए, १ को मृत्यु

काठमाडौँ, १६, असार । नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालको स्रोतले जनाएको छ ।

भर्ना भएको मध्य दुईजनाको अवस्था गम्भिर रहेको छ । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीका जटिलता हुनसक्ने र आखाँ नै नदेख्ने हुने गरेको चिकित्सकहरुको भनाई छ । कालो ढुसी भएका १ जनाले ज्यान गुमाएका छन् भने दुईजनाको आखाँ निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव भएको छ । 

एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सुचीका राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेका थियो । तर सहजरुपमा उपलब्ध नभउको भन्दै डब्लुएचओले जवाफ दिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।